FAQs Complain Problems

ग्यालरी

कमल गाउँपालिकामा सरुवा भई आउनु हुने प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्यज्युको स्वागत तथा सरुवा भई जानु हुने प्रमुख प्रशासकिय अधिकृत काजिमान राईज्यु , शाखा अधिकृत रामचन्द्र गजुरेलज्यु र CBRF पुजा खड्का , शान्ता कुमारी आङ्देम्बेको विदाई कार्यक्रमका केहि झलकहरु

मिति: 08/25/2022 - 19:09
, , , , , , , , , , , , , , , , , , ,

CDWN (दलित महिला केन्द्र नेपाल) द्वारा सिमान्तकृत महिलाहरुको अधिकार संरक्षण, सम्बद्धन, आर्थिक सबलीकरण तथा आत्म सम्मानका लागि SDC र Australin Government को आर्थिक सहयोगमा होटल कामाख्यामा श्रावण 22 देखि 24 गते सम्म 3 दिने अभिमुखीकरण कार्यक्रममा कमल गा.पा.का 7 वटै वडाबाट निर्वाचित दलित तथा खुल्ला महिला सदस्यहरु कार्यक्रममा सहभागी हुदै ।

 

मिति: 08/09/2022 - 16:40
, , ,

यस कमल गाउँपालिकामा  सरुवा भई आउनुहुने प्रमुख प्रशासकीय अधिकृत श्री राज कुमार शाक्यज्युलाई अध्यक्ष श्री हुकुम सिंह राईज्यूले स्वागत गर्नुहुदै । (मिति २०७९/०४/२२)

मिति: 08/07/2022 - 16:45
, , ,

कमल गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न भएको छ । ११ औं गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरीएको छ । उत्कृष्ट कर्मचारी तर्फ लेखा अधिकृत सृजना राईलाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रबाट पुरस्कृत गरिएको र कर्मचारी पुरस्कार तर्फ  इन्जिनियर सागर यादव, पशु सेवा शाखाका दिपेन्द्र लामिछाने, तोपगाछी स्वस्थ्य चौकीका कुशल श्रेष्ठ, वडा सचिव रिता कार्की, मुक्ति माझी ,वडा नम्वर ४ मा कार्यरत मनिसा राईलाई १० हजार रुपैया र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ ।

मिति: 07/01/2022 - 20:45
, , , , ,

कमल गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष हुकुम सिंह राई ज्यु कमल गाउँकार्यपालिकाको कार्यालयमा आज पदभार ग्रहण गर्नु हुदै

मिति: 05/26/2022 - 13:57
, , ,

कमल गाउँपालिकाले आज मिति २०७८/०९/२९ मा दशौं गाउँसभाको अधिवेशन बैठक सम्पन्न गरेको छ । दशौं गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरीएको छ । उत्कृष्ट कर्मचारी तर्फ कृषि विकास शाखाका महेन्द्र बोहोरालाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रबाट पुरस्कृत गरिएको र कर्मचारी पुरस्कार तर्फ प्रशासन शाखाका तुलसी ओझा, तोपगाछी स्वस्थ्य चौकीका कमला न्यौपाने , वडा नम्वर ४ का वडा सचिव पर्शुराम तिम्सिना, वडा नम्वर १ मा कार्यरत र वडा नं. ७ का प्राविधिक गणेश कुमार महतोलाई १० हजार रुपैया र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ ।

 

मिति: 01/13/2022 - 19:04
, , , , , , , , , , , , , , , , , , ,

३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस २०७८ का अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा ३५ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ।

३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस २०७८ का अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा गाउँपालिकामा भएका ७० वर्ष भन्दा माथिका आफ्नो जीवनमा राज्यको विभिन्न छेत्रमा योगदान पुर्याउनु भएको ३५ जना जेष्ठ नागरीकलाई खादा ओडाएर छाता र लौरो प्रदान गरी सम्मान गरिएको छ।

मिति: 10/03/2021 - 13:27
, , , , , , , , , ,

कमल गाउँपालिका सहकारी शाखाको आयोजनामा यस गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई आदरणिय प्रशिक्षक ज्यूहरु श्री घनश्याम , अधिकारी वचत तथा ऋण सहकारी संस्था केन्द्रीय सदस्य तथा प्रदेश १ अध्यक्ष र श्री वलराम निरौला , रजिस्टार प्रदेश १ प्रदेश सहकारी रजिस्टारको कार्यालयबाट प्रशिक्षण भइ सञ्चालन भएको २ दिने सहकारी अन्तरकृया कार्यक्रम मिति २०७८/०६/१० मा सफल्तापुर्वक सम्पन्न भएको छ ।

मिति: 09/27/2021 - 14:36
, , , , , , , , , , , , ,

आज मिति २०७८ भदौ ३१ गते कमल गाउँपालिकाको आ. व. २०७७/७८ को बार्षिक समिक्षा गोष्ठी यस गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। समिक्षा गोष्ठीमा वडाका वडा सचिव र विषयगत शाखा प्रमुखहरुले आफ्नो प्रस्तुति गर्नु भएको थियो ।

मिति: 09/17/2021 - 09:19
, , , , , , , , , , , , , , , , , , ,

राष्ट्रिय बालदिवस २०७८ को अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा “सामान्य अवस्थामा वा कोभिड माहामारी,बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ वक्तृत्वकला प्रतियोगित सम्पन्न भयो। कार्यक्रममा गाउँपालिकाका १२ जना विध्यार्थि सहभागी रहनु भएको थियो । सहभागी विध्यार्थि मध्ये वन्डरल्याड बोडिङ्ग स्कुल कमल ३ की छात्रा अङकिता सुवेदी प्रथम , मंगलमय माध्यमिक विध्यालय कमल ५ कि छात्रा सञ्जना बस्नेत द्वितिय, साउथपोल अंग्रेजी माध्यमिक कमल ५ कि छात्रा अनिशा खत्री तृतिय, सरस्वती माध्यामिक विध्यालय कमल ७ की छात्रा प्रगती दाहाल , व्राईटफ्युचर बालक्लव कमल ७ का बाबुराम न्यौपाने सान्त्वता हुनुभयो । प्रत

मिति: 09/14/2021 - 17:13
, , , , , , , , , , , , , , , , , , ,

Pages