FAQs Complain Problems

ग्यालरी

नवौं गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारी र शिक्षकलाई पुरस्कृत गरीएको छ । उत्कृष्ट कर्मचारी तर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रबाट पुरस्कृत गरिएको र कर्मचारी पुरस्कार तर्फ तोपगाछी स्वस्थ्य चौकीमा ल्याव असिन्टेनमा कार्यरत गिता न्यौपाने , सहायक महिला विकास निरिक्षक रेनुका गौतम , वडा नम्वर २ का वडा सचिव देविप्रसाद फुयाल , वडा नम्वर ५ मा कार्यरत कार्यलय सहयोगी अनिता ताजपुरीयालाई जनही १० हजार रुपैया र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ ।

मिति: 06/27/2021 - 13:39
, , , , , , , , , ,

कमल गाउँपालिकाको नवौं गाउँ सभा आज असार ११ गते समापन भएको छ | सभाले नीति तथा कार्यक्रम, बजेट, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधयेक, न्यायिक समिति कार्यविधि संशोधन विधयेक, न्यायिक समितिको प्रतिवेदन, समसामयिक महत्वको विषयहरु पास गरेको छ | साथै सिन्धुपाल्चोकको मेलम्ची र हेलेम्बुमा गएको प्राकृतिक विपदमा परेकाको सहयोगका लागि हाम्रो गाउँपालिकाबाट उक्त पालिकाहरुलाई १/१ लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको छ |

मिति: 06/27/2021 - 13:19
, , , , , , , , , , , , , , , , , , ,

आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीबाट आज कमल गाउँउपालिका वडा नं १ र ४ को वडा कार्यलय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 03/22/2021 - 16:56
, , , , , ,

कमल गाउँपालिकाद्वारा आज मिति २०७७/०९/२८ आफ्नो आठौ गाउँसभा सम्पन्न गरेको छ । वाडबाट आएका केहि संसोधित योजनाहरु र केहि नितिगत निर्णयहरु गरेर हिउदे अधिवेशन सम्पन्न भएको छ ।

मिति: 01/12/2021 - 21:49
, , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७७ साल श्रावण २३ गते यस कमल गाउँपालिकामा आ.व. २०७६/७७ को वार्षिक समिक्षा गोष्ठि गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा विषयगत शाखाका , वडाका, स्वास्थ्य चौकीका प्रगती प्रतिवेदनहरु प्रस्तुत भै छलफल भयो ।

मिति: 08/07/2020 - 19:54
, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७७/०३/१० गते वुधवार कमल गाउपालिकाकाे साताैं गाउंसभा प्रदेश नं १ का माननीय सांसद एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ज्युकाे प्रमूख आतिथ्यतामा भएको छ। कार्यक्रममा माननीय मन्त्री श्री हिक्मत कार्की ज्युले शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो तत्पश्चात कमल गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूले कार्यक्रमको उद्घाटन सत्रको समापन गर्नु भयो ।

मिति: 06/25/2020 - 07:17
, , , , , , , , , , , ,

कमल गाउँपालिकाको आगामी आ.व. ०७७७८ को निति, कार्यक्रम तथा बजेट सम्बन्धमा राजनितिक दलका प्रतिनिधि र सरोकारवालाहरुसँग छलफल कार्यक्रम

मिति: 06/13/2020 - 09:45
, , ,

कमल गाउँपालिकाको आ. व. २०७६/७७ को अर्धवार्षिक समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। समिक्षा गोष्ठीमा सम्पूर्ण वडाका वडा सचिव र शाखा प्रमुखहरुले आफ्नो प्रस्तुति गर्नु भएको थियो ।

त्यसैगरी गाउँपालिकामा अउनुहुने कर्मचारीहरुलाई स्वागत र जाने कर्मचारीलाई विदाई गरिएको छ ।

मिति: 03/06/2020 - 14:21
, , , , , , , , , , ,

आज मिति २०७६/१०/१५ गते कमल गाउँपालिकाको आ. व. २०७६/७७ को योजना तथा कार्यक्रममा केही संशोधनका लागि पेश भएका विभिन्न प्रस्तावमा छलफल गर्दै छैठौं गाउँसभा सम्पन्न भएको छ ।

मिति: 01/29/2020 - 18:49
, , , , , , , , ,

Pages