FAQs Complain Problems

कमल गाउँपालिका परिचय

नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६३.७९ व.कि.मि. र लखनपुर ३३.६५ वर्ग कि.मि. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल ९७.४४ व.कि. मि. रहेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ४४,३६५ रहेको छ, जसमध्ये पुरूष २०,२९६ र महिला २४,०६९ रहेका छन् ।  

२०७५ सालको सर्भेक्षण अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ५२,४८५ रहेको छ, जसमध्ये पुरूष २६,६१८ र महिला २५,८६७ रहेका छन् ।  ।

बिभिन्न जनजातिहरुको बसोवास रहेको यस गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, लिम्वु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वाहुल्यता पाईन्छ ।

विगत १६ बर्ष देखि स्थानीय तह रिक्त हुँदा समेत राजनीतिक संयन्त्रको माध्यमबाट भएपनि दैनिक जीवनका कामकाज बिकास निर्माण, प्रशासनिक कार्यहरु हुदै आए, आमजनाताको दैनिक जीवनमा स्थानीय मुद्दा मामिलामा जनप्रतिनिधि नहुदाको कठिनाई झेल्दै गाउवासीले जीवनयापन गुजारी रहेका थिए ।