FAQs Complain Problems

सूचना तथा समाचार

ग्यालरी

कमल गाउँपालिकाको सबै वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परिक्षण , आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर संचालन गर्ने कमल गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय सम्झौता अनुरुप मिति २०८१ मंसिर ४ गते देखि १० गतेसम्म वडा कार्यालयहरुमा शिविर  संचालन भइरहेको छ । वडा नं. ४ , २ र ३ मा शिविर सम्पन्न भइसहेको छ भने आज ७ नं. वडामा शिविर  संचालन भइरहेको छ । बाकी वडाहरुमा पनि शिविर संचालन हुने भएकाले  सम्पुर्णमा उपस्थिति भईदिनुहुन अनुरोध छ ।

मिति: 11/22/2024 - 12:01
, , , , , , , , , , , , , , , , ,

कमल गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको लागि आज मिति २०८१ असोज १७ गते शिलन्यास कार्यक्रम सम्पन्न भयो । प्रशासनिक भवन निर्माणका लागि ६ करोड १ लाख ३९ हजारको बजेटमा सारा सृष्टी निमार्ण सेवासँग ठेक्का सम्झौता भएको थियो । कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईज्यू , उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालज्यू, वडा अध्यक्षज्यूहरु, जनप्रतिनिधिज्यूहरु, कर्मचारीज्यूहरु , राजनितिक दलका प्रतिनिधिज्यूहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

मिति: 10/23/2024 - 15:08
, , , , , , , ,

कमल गाउँपालिकाबाट सरुवा भई जानु हुने प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य ज्युको विदाई तथा सरुवा भई आउनु हुने प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल ज्यु , आन्तरिक लेखा परिक्षक टंक थापा ज्युको स्वागत कार्यक्रमका केहि झलकहरु

मिति: 09/20/2024 - 12:07
, , , , , , , ,

मिति २०८१ असार ९ गते कमल गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईज्युले आगामी आ.ब. २०८१/८२ को निती तथा कार्यक्रम र उपाध्यक्ष प्रमिला न्यौपानेज्युले आगामी आ.ब. २०८१/८२ को बजेट प्रस्तुत गर्नुभयो । मिति २०८० असार १८ गते कमल गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सम्पन्न भएको छ ।

मिति: 09/20/2024 - 12:02
, , , , , , , , , , ,

"राष्ट्रिय हातिपाइले रोग निवारण अभियान २०८१"

कमल गाउँपालिका आदरणीय अध्यक्ष श्री हुकुम सिंह राई ज्यु , उपाध्यक्ष श्री प्रमिला न्यौपाने (तिवारी)ज्यु, वडाध्यक्ष श्री अग्नि कोइराला ज्यु साथै कार्यपालिका सदस्य ज्युहरु, टोल बिकास प्रतिनिधि ज्युु लगायत सम्पुर्ण संघसंस्था प्रतिनिधि ज्युुहरुको उपस्थितिमा‌ आम औषधी सेवन कार्यक्रम शुभारम्भ गरियो।

मिति: 09/20/2024 - 11:56
, , , , ,

Pages

//