सूचना तथा समाचार
अर्धवार्षिक समिक्षा गोष्ठी
कमल गाउँपालिकाको आ. व. २०७९/८० मा संचालित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा गोष्ठी २०७९/१०/२२ गते आइतवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने ज्यू, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, शाखा प्रमुख ज्यूहरु, वडा सचिव ज्यूहरु र कर्मचारी ज्यूहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।



















