कमल गाउँपालिकाको सबै वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परिक्षण , आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर संचालन गर्ने कमल गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय सम्झौता अनुरुप मिति २०८१ मंसिर ४ गते देखि १० गतेसम्म वडा कार्यालयहरुमा शिविर संचालन भइरहेको छ । वडा नं. ४ , २ र ३ मा शिविर सम्पन्न भइसहेको छ भने आज ७ नं. वडामा शिविर संचालन भइरहेको छ । बाकी वडाहरुमा पनि शिविर संचालन हुने भएकाले सम्पुर्णमा उपस्थिति भईदिनुहुन अनुरोध छ ।
सूचना तथा समाचार
ग्यालरी
कमल गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको लागि आज मिति २०८१ असोज १७ गते शिलन्यास कार्यक्रम सम्पन्न भयो । प्रशासनिक भवन निर्माणका लागि ६ करोड १ लाख ३९ हजारको बजेटमा सारा सृष्टी निमार्ण सेवासँग ठेक्का सम्झौता भएको थियो । कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईज्यू , उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालज्यू, वडा अध्यक्षज्यूहरु, जनप्रतिनिधिज्यूहरु, कर्मचारीज्यूहरु , राजनितिक दलका प्रतिनिधिज्यूहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कमल गाउँपालिकाबाट सरुवा भई जानु हुने प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य ज्युको विदाई तथा सरुवा भई आउनु हुने प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल ज्यु , आन्तरिक लेखा परिक्षक टंक थापा ज्युको स्वागत कार्यक्रमका केहि झलकहरु
मिति २०८१ असार ९ गते कमल गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईज्युले आगामी आ.ब. २०८१/८२ को निती तथा कार्यक्रम र उपाध्यक्ष प्रमिला न्यौपानेज्युले आगामी आ.ब. २०८१/८२ को बजेट प्रस्तुत गर्नुभयो । मिति २०८० असार १८ गते कमल गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सम्पन्न भएको छ ।
"राष्ट्रिय हातिपाइले रोग निवारण अभियान २०८१"
कमल गाउँपालिका आदरणीय अध्यक्ष श्री हुकुम सिंह राई ज्यु , उपाध्यक्ष श्री प्रमिला न्यौपाने (तिवारी)ज्यु, वडाध्यक्ष श्री अग्नि कोइराला ज्यु साथै कार्यपालिका सदस्य ज्युहरु, टोल बिकास प्रतिनिधि ज्युु लगायत सम्पुर्ण संघसंस्था प्रतिनिधि ज्युुहरुको उपस्थितिमा आम औषधी सेवन कार्यक्रम शुभारम्भ गरियो।