कमल गाउँपालिकाको सबै वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परिक्षण , आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर संचालन गर्ने कमल गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय सम्झौता अनुरुप मिति २०८१ मंसिर ४ गते देखि १० गतेसम्म वडा कार्यालयहरुमा शिविर संचालन भइरहेको छ । वडा नं. ४ , २ र ३ मा शिविर सम्पन्न भइसहेको छ भने आज ७ नं. वडामा शिविर संचालन भइरहेको छ । बाकी वडाहरुमा पनि शिविर संचालन हुने भएकाले सम्पुर्णमा उपस्थिति भईदिनुहुन अनुरोध छ ।
सूचना तथा समाचार
ग्यालरी
कमल गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको लागि आज मिति २०८१ असोज १७ गते शिलन्यास कार्यक्रम सम्पन्न भयो । प्रशासनिक भवन निर्माणका लागि ६ करोड १ लाख ३९ हजारको बजेटमा सारा सृष्टी निमार्ण सेवासँग ठेक्का सम्झौता भएको थियो । कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईज्यू , उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालज्यू, वडा अध्यक्षज्यूहरु, जनप्रतिनिधिज्यूहरु, कर्मचारीज्यूहरु , राजनितिक दलका प्रतिनिधिज्यूहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कमल गाउँपालिकाबाट सरुवा भई जानु हुने प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य ज्युको विदाई तथा सरुवा भई आउनु हुने प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल ज्यु , आन्तरिक लेखा परिक्षक टंक थापा ज्युको स्वागत कार्यक्रमका केहि झलकहरु
मिति २०८१ असार ९ गते कमल गाउँपालिका गाउँसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईज्युले आगामी आ.ब. २०८१/८२ को निती तथा कार्यक्रम र उपाध्यक्ष प्रमिला न्यौपानेज्युले आगामी आ.ब. २०८१/८२ को बजेट प्रस्तुत गर्नुभयो । मिति २०८० असार १८ गते कमल गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सम्पन्न भएको छ ।
"राष्ट्रिय हातिपाइले रोग निवारण अभियान २०८१"
कमल गाउँपालिका आदरणीय अध्यक्ष श्री हुकुम सिंह राई ज्यु , उपाध्यक्ष श्री प्रमिला न्यौपाने (तिवारी)ज्यु, वडाध्यक्ष श्री अग्नि कोइराला ज्यु साथै कार्यपालिका सदस्य ज्युहरु, टोल बिकास प्रतिनिधि ज्युु लगायत सम्पुर्ण संघसंस्था प्रतिनिधि ज्युुहरुको उपस्थितिमा आम औषधी सेवन कार्यक्रम शुभारम्भ गरियो।
कमल गाउँपालिकाको आयोजनामा "महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ ११४ औं अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरुलाई सम्मान तथा विपन्न व्यवसायी महिलाहरुका लागि ठेला वितरण गरिएको छ ।
कमल गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन बैठक आज मिति २०८० फागुन १५ गते सम्पन्न भएको छ । साथै कमल गाउँपालिकाको आ.व. २०८०/८१ मा संचालित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा गोष्ठी अध्यक्ष हुकुम सिंह राईज्यूको अध्यक्षता तथा उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, प्रमुख प्रशासकिय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, शाखा प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु र कर्मचारीज्यूहरुको उपस्थितिमा सम्पन्न भयो । कमल गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन बैठकको अवसरमा तह वृद्धि र तह मिलान हुने कर्मचारीज्युहरुलाई हार्दिक बधाई ज्ञापन गरीएको छ ।
आज मिति २०८० माघ २० गते शनिवारको दिन कमल गाउँपालिकाका अध्यक्ष श्री हुकुमसिंह राईज्यूको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीज्यूको प्रमुख आतिथ्यमा कमल-५ स्थित आदिवासी जनजाती रङ्गशालामा सम्पन्न भएको बालमैत्री कमल गाउँपालिका घोषणा समारोह २०८० सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीज्यूले कमल गाउँपालिकालाई कोशी प्रदेशको पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्नु भएको हो ।
कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री प्रमिला न्यौपानेज्यूको संयोजकत्वमा आज पालिकाको स्थानिय बजारहरु ढ्याङ्ग्री बजार, सरङपाडा बजार, सोल्मारी चोक, वासवारी बजारको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका, लेबल नभएका र अखाध्य बस्तुहरु बरामद गरिएको छ । साथै व्यवसाय दर्ता गर्न, समयमै व्यवसाय नविकरण गर्न, मूल्य सूची, साइनबोर्ड अनिवार्य रुपमा राखी एक हप्ता भित्रमा सुधार गर्न बजार अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नं.
कमल गाउँपालिकाको आ. व. २०७९/८० मा संचालित योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य ज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, शाखा प्रमुख ज्यूहरु, वडा सचिव ज्यूहरु र कर्मचारीज्यूहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
आज मिति २०८० भाद्र २५ गते कमल गाउँपालिकामा बालमैत्री स्थानीय शासन स्थापनाका लागि गाउँपालिकाले गरेका प्रयास, सूचक प्राप्ति तथा गुणस्तरका सम्बन्धमा स्थलगत अवलोकन तथा सर्वेक्षण गर्न जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिका संयोजक जिल्ला समन्वय समिति झापाका प्रमुख श्री विश्वनाथ बराजज्यूको संयोजकत्व तथा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काज्यू, कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईज्यू, उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, शिक्षा विकास तथा समन्वय ईकाइ झापाका प्रमुख राजकुमार वि.क.ज्यू, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यज्यू, प्रशासन कार्यालयबाट अधिकृत प्रतिनिधि महेशराज तिम्सिनाज्यू, प्
मिति २०८० असार १० गते कमल गाउँपालिका गाउँसभाको १३ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईज्युले प्रस्तुत गर्नु भएको आगामी आ.ब. २०८०/८१ को निती तथा कार्यक्रम पारित भएको छ र दोस्रो बैठकमा उपाध्यक्ष प्रमिला न्यौपानेज्युले आगामी आ.ब. २०८०/८१ को बजेट प्रस्तुत गर्नुभयो । गाउँसभाको १३ औं अधिवेशनमा ७२ करोड २१ लाख २० हजारको आगामी आ.ब. २०८०/८१ को बजेट प्रस्तुत भयो। आज प्रस्तुत भएको बजेट गाउँसभाको आगामी वैठकमा पारित हुने । मितिः २०८०-०३-१८ कमल गाउँपालिका गाउँसभाको १३ औं अधिवेशन सम्पन्न भएको छ ।
आज मिति २०८०/०३/०३ गते आइतबारका दिन कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री प्रमिला न्यौपाने ज्यूको संयोजकत्वमा कमल-६ स्थित डि.एम.
कमल गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने महिलाहरुलाई सम्मान कार्यक्रम आज मिति २०८० जेष्ठ २८ गते कमल गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा क्रियाशिल रहेका १४ जना महिलाहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ज्यू, उपाध्यक्ष प्रमिला न्यौपाने ज्यू , वडा अध्यक्ष ज्यूहरु , कार्यपालिका सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।
आज मिति २०८० जेठ ३ गते स्वास्थ्य मन्त्रालय कोशि प्रदेशका माननीय मन्त्री श्री निर्मला तावा लिम्बूको प्रमुख आतिथ्यमा यस कमल गाउँपालिका स्थित कमल नगर अस्पताललाई वर्क फर नेपाल र हेल्पिङ्ग हेण्ड फर रिलिफ डेभलपमेण्ट नेपालबाट स्वास्थ्य सामाग्रीहरु प्रदान र खानेपानीको प्लान्ट हस्ताण्तरण कार्यक्रम सम्पन्न भयो।
कमल गाउँपालिकाको आ. व. २०७९/८० मा संचालित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा गोष्ठी २०७९/१०/२२ गते आइतवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला न्यौपाने ज्यू, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, शाखा प्रमुख ज्यूहरु, वडा सचिव ज्यूहरु र कर्मचारी ज्यूहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान” भन्ने नाराका साथ विभिन्न कार्यक्रमगरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान २५ नोभेम्बर देखी १० डिसेम्बर सम्म विविध कार्यक्रम सहित मनाउने सन्दर्भमा कमल गाउँपालिकाको सभाहलमा शुभारम्भ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उपस्थित सबै जनाले सेतो रिवन लगाई मेरो प्रतिबद्धता म हिंसा गर्दिन, म हिंसा सहन्न, हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भनेर प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
कमल गाउँपालिकाद्वारा गत आ. व. २०७८/७९ मा संचालित योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी २०७९/०७/१८ गते शुक्रवार गाउँपालिकाको सभाहलमा सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष श्री हुकुम सिंह राई ज्युको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्री प्रमिला न्यौपाने ज्यु, प्रमुख प्रशासकिय अधिकृत श्री राजकुमार शाक्य ज्यु, वडा अध्यक्ष ज्युहरु, कार्यपालिका सदस्य ज्युहरु, वडा सदस्य ज्युहरु, शाखा प्रमुखहरु, वडा सचिवहरु र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
कमल गाउँपालिकामा सरुवा भई आउनु हुने प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्यज्युको स्वागत तथा सरुवा भई जानु हुने प्रमुख प्रशासकिय अधिकृत काजिमान राईज्यु , शाखा अधिकृत रामचन्द्र गजुरेलज्यु र CBRF पुजा खड्का , शान्ता कुमारी आङ्देम्बेको विदाई कार्यक्रमका केहि झलकहरु
CDWN (दलित महिला केन्द्र नेपाल) द्वारा सिमान्तकृत महिलाहरुको अधिकार संरक्षण, सम्बद्धन, आर्थिक सबलीकरण तथा आत्म सम्मानका लागि SDC र Australin Government को आर्थिक सहयोगमा होटल कामाख्यामा श्रावण 22 देखि 24 गते सम्म 3 दिने अभिमुखीकरण कार्यक्रममा कमल गा.पा.का 7 वटै वडाबाट निर्वाचित दलित तथा खुल्ला महिला सदस्यहरु कार्यक्रममा सहभागी हुदै ।
यस कमल गाउँपालिकामा सरुवा भई आउनुहुने प्रमुख प्रशासकीय अधिकृत श्री राज कुमार शाक्यज्युलाई अध्यक्ष श्री हुकुम सिंह राईज्यूले स्वागत गर्नुहुदै । (मिति २०७९/०४/२२)
कमल गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न भएको छ । ११ औं गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरीएको छ । उत्कृष्ट कर्मचारी तर्फ लेखा अधिकृत सृजना राईलाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रबाट पुरस्कृत गरिएको र कर्मचारी पुरस्कार तर्फ इन्जिनियर सागर यादव, पशु सेवा शाखाका दिपेन्द्र लामिछाने, तोपगाछी स्वस्थ्य चौकीका कुशल श्रेष्ठ, वडा सचिव रिता कार्की, मुक्ति माझी ,वडा नम्वर ४ मा कार्यरत मनिसा राईलाई १० हजार रुपैया र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ ।
कमल गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष हुकुम सिंह राई ज्यु कमल गाउँकार्यपालिकाको कार्यालयमा आज पदभार ग्रहण गर्नु हुदै
कमल गाउँपालिकाले आज मिति २०७८/०९/२९ मा दशौं गाउँसभाको अधिवेशन बैठक सम्पन्न गरेको छ । दशौं गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरीएको छ । उत्कृष्ट कर्मचारी तर्फ कृषि विकास शाखाका महेन्द्र बोहोरालाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रबाट पुरस्कृत गरिएको र कर्मचारी पुरस्कार तर्फ प्रशासन शाखाका तुलसी ओझा, तोपगाछी स्वस्थ्य चौकीका कमला न्यौपाने , वडा नम्वर ४ का वडा सचिव पर्शुराम तिम्सिना, वडा नम्वर १ मा कार्यरत र वडा नं. ७ का प्राविधिक गणेश कुमार महतोलाई १० हजार रुपैया र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ ।
३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस २०७८ का अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा ३५ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ।
३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस २०७८ का अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा गाउँपालिकामा भएका ७० वर्ष भन्दा माथिका आफ्नो जीवनमा राज्यको विभिन्न छेत्रमा योगदान पुर्याउनु भएको ३५ जना जेष्ठ नागरीकलाई खादा ओडाएर छाता र लौरो प्रदान गरी सम्मान गरिएको छ।
कमल गाउँपालिका सहकारी शाखाको आयोजनामा यस गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई आदरणिय प्रशिक्षक ज्यूहरु श्री घनश्याम , अधिकारी वचत तथा ऋण सहकारी संस्था केन्द्रीय सदस्य तथा प्रदेश १ अध्यक्ष र श्री वलराम निरौला , रजिस्टार प्रदेश १ प्रदेश सहकारी रजिस्टारको कार्यालयबाट प्रशिक्षण भइ सञ्चालन भएको २ दिने सहकारी अन्तरकृया कार्यक्रम मिति २०७८/०६/१० मा सफल्तापुर्वक सम्पन्न भएको छ ।
आज मिति २०७८ भदौ ३१ गते कमल गाउँपालिकाको आ. व. २०७७/७८ को बार्षिक समिक्षा गोष्ठी यस गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। समिक्षा गोष्ठीमा वडाका वडा सचिव र विषयगत शाखा प्रमुखहरुले आफ्नो प्रस्तुति गर्नु भएको थियो ।
राष्ट्रिय बालदिवस २०७८ को अवसरमा आज कमल गाउँपालिकाको आयोजनामा “सामान्य अवस्थामा वा कोभिड माहामारी,बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ वक्तृत्वकला प्रतियोगित सम्पन्न भयो। कार्यक्रममा गाउँपालिकाका १२ जना विध्यार्थि सहभागी रहनु भएको थियो । सहभागी विध्यार्थि मध्ये वन्डरल्याड बोडिङ्ग स्कुल कमल ३ की छात्रा अङकिता सुवेदी प्रथम , मंगलमय माध्यमिक विध्यालय कमल ५ कि छात्रा सञ्जना बस्नेत द्वितिय, साउथपोल अंग्रेजी माध्यमिक कमल ५ कि छात्रा अनिशा खत्री तृतिय, सरस्वती माध्यामिक विध्यालय कमल ७ की छात्रा प्रगती दाहाल , व्राईटफ्युचर बालक्लव कमल ७ का बाबुराम न्यौपाने सान्त्वता हुनुभयो । प्रत
नवौं गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारी र शिक्षकलाई पुरस्कृत गरीएको छ । उत्कृष्ट कर्मचारी तर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रबाट पुरस्कृत गरिएको र कर्मचारी पुरस्कार तर्फ तोपगाछी स्वस्थ्य चौकीमा ल्याव असिन्टेनमा कार्यरत गिता न्यौपाने , सहायक महिला विकास निरिक्षक रेनुका गौतम , वडा नम्वर २ का वडा सचिव देविप्रसाद फुयाल , वडा नम्वर ५ मा कार्यरत कार्यलय सहयोगी अनिता ताजपुरीयालाई जनही १० हजार रुपैया र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ ।
कमल गाउँपालिकाको नवौं गाउँ सभा आज असार ११ गते समापन भएको छ | सभाले नीति तथा कार्यक्रम, बजेट, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधयेक, न्यायिक समिति कार्यविधि संशोधन विधयेक, न्यायिक समितिको प्रतिवेदन, समसामयिक महत्वको विषयहरु पास गरेको छ | साथै सिन्धुपाल्चोकको मेलम्ची र हेलेम्बुमा गएको प्राकृतिक विपदमा परेकाको सहयोगका लागि हाम्रो गाउँपालिकाबाट उक्त पालिकाहरुलाई १/१ लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको छ |
आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीबाट आज कमल गाउँउपालिका वडा नं १ र ४ को वडा कार्यलय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिकाद्वारा आज मिति २०७७/०९/२८ आफ्नो आठौ गाउँसभा सम्पन्न गरेको छ । वाडबाट आएका केहि संसोधित योजनाहरु र केहि नितिगत निर्णयहरु गरेर हिउदे अधिवेशन सम्पन्न भएको छ ।
आज मिति २०७७ साल श्रावण २३ गते यस कमल गाउँपालिकामा आ.व. २०७६/७७ को वार्षिक समिक्षा गोष्ठि गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा विषयगत शाखाका , वडाका, स्वास्थ्य चौकीका प्रगती प्रतिवेदनहरु प्रस्तुत भै छलफल भयो ।
आज मिति २०७७/०३/१० गते वुधवार कमल गाउपालिकाकाे साताैं गाउंसभा प्रदेश नं १ का माननीय सांसद एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ज्युकाे प्रमूख आतिथ्यतामा भएको छ। कार्यक्रममा माननीय मन्त्री श्री हिक्मत कार्की ज्युले शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो तत्पश्चात कमल गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूले कार्यक्रमको उद्घाटन सत्रको समापन गर्नु भयो ।
कमल गाउँपालिकाको आगामी आ.व. ०७७७८ को निति, कार्यक्रम तथा बजेट सम्बन्धमा राजनितिक दलका प्रतिनिधि र सरोकारवालाहरुसँग छलफल कार्यक्रम
कमल गाउँपालिकाको आ. व. २०७६/७७ को अर्धवार्षिक समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष श्री मेनुका काफ्ले ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। समिक्षा गोष्ठीमा सम्पूर्ण वडाका वडा सचिव र शाखा प्रमुखहरुले आफ्नो प्रस्तुति गर्नु भएको थियो ।
त्यसैगरी गाउँपालिकामा अउनुहुने कर्मचारीहरुलाई स्वागत र जाने कर्मचारीलाई विदाई गरिएको छ ।