सूचना तथा समाचार
ग्यालरी
नवौं गाउँ सभाको अवसरमा उत्कृष्ट कर्मचारी र शिक्षकलाई पुरस्कृत गरीएको छ । उत्कृष्ट कर्मचारी तर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार रुपैयाका साथै सम्मान पत्रबाट पुरस्कृत गरिएको र कर्मचारी पुरस्कार तर्फ तोपगाछी स्वस्थ्य चौकीमा ल्याव असिन्टेनमा कार्यरत गिता न्यौपाने , सहायक महिला विकास निरिक्षक रेनुका गौतम , वडा नम्वर २ का वडा सचिव देविप्रसाद फुयाल , वडा नम्वर ५ मा कार्यरत कार्यलय सहयोगी अनिता ताजपुरीयालाई जनही १० हजार रुपैया र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको छ ।
कमल गाउँपालिकाको नवौं गाउँ सभा आज असार ११ गते समापन भएको छ | सभाले नीति तथा कार्यक्रम, बजेट, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधयेक, न्यायिक समिति कार्यविधि संशोधन विधयेक, न्यायिक समितिको प्रतिवेदन, समसामयिक महत्वको विषयहरु पास गरेको छ | साथै सिन्धुपाल्चोकको मेलम्ची र हेलेम्बुमा गएको प्राकृतिक विपदमा परेकाको सहयोगका लागि हाम्रो गाउँपालिकाबाट उक्त पालिकाहरुलाई १/१ लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको छ |
आन्तरिक मामिला तथा कानून मन्त्री माननीय हिक्मत कार्कीबाट आज कमल गाउँउपालिका वडा नं १ र ४ को वडा कार्यलय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिकाद्वारा आज मिति २०७७/०९/२८ आफ्नो आठौ गाउँसभा सम्पन्न गरेको छ । वाडबाट आएका केहि संसोधित योजनाहरु र केहि नितिगत निर्णयहरु गरेर हिउदे अधिवेशन सम्पन्न भएको छ ।