कमल गाउँपालिकाको आयोजनामा "महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी" भन्ने नाराका साथ ११४ औं अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरुलाई सम्मान तथा विपन्न व्यवसायी महिलाहरुका लागि ठेला वितरण गरिएको छ ।
सूचना तथा समाचार
ग्यालरी
कमल गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन बैठक आज मिति २०८० फागुन १५ गते सम्पन्न भएको छ । साथै कमल गाउँपालिकाको आ.व. २०८०/८१ मा संचालित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा गोष्ठी अध्यक्ष हुकुम सिंह राईज्यूको अध्यक्षता तथा उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, प्रमुख प्रशासकिय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, वडा सदस्यज्यूहरु, शाखा प्रमुखज्यूहरु, वडा सचिवज्यूहरु र कर्मचारीज्यूहरुको उपस्थितिमा सम्पन्न भयो । कमल गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन बैठकको अवसरमा तह वृद्धि र तह मिलान हुने कर्मचारीज्युहरुलाई हार्दिक बधाई ज्ञापन गरीएको छ ।
आज मिति २०८० माघ २० गते शनिवारको दिन कमल गाउँपालिकाका अध्यक्ष श्री हुकुमसिंह राईज्यूको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीज्यूको प्रमुख आतिथ्यमा कमल-५ स्थित आदिवासी जनजाती रङ्गशालामा सम्पन्न भएको बालमैत्री कमल गाउँपालिका घोषणा समारोह २०८० सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीज्यूले कमल गाउँपालिकालाई कोशी प्रदेशको पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्नु भएको हो ।
कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री प्रमिला न्यौपानेज्यूको संयोजकत्वमा आज पालिकाको स्थानिय बजारहरु ढ्याङ्ग्री बजार, सरङपाडा बजार, सोल्मारी चोक, वासवारी बजारको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका, लेबल नभएका र अखाध्य बस्तुहरु बरामद गरिएको छ । साथै व्यवसाय दर्ता गर्न, समयमै व्यवसाय नविकरण गर्न, मूल्य सूची, साइनबोर्ड अनिवार्य रुपमा राखी एक हप्ता भित्रमा सुधार गर्न बजार अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नं.
कमल गाउँपालिकाको आ. व. २०७९/८० मा संचालित योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेज्यूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य ज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, शाखा प्रमुख ज्यूहरु, वडा सचिव ज्यूहरु र कर्मचारीज्यूहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
आज मिति २०८० भाद्र २५ गते कमल गाउँपालिकामा बालमैत्री स्थानीय शासन स्थापनाका लागि गाउँपालिकाले गरेका प्रयास, सूचक प्राप्ति तथा गुणस्तरका सम्बन्धमा स्थलगत अवलोकन तथा सर्वेक्षण गर्न जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिका संयोजक जिल्ला समन्वय समिति झापाका प्रमुख श्री विश्वनाथ बराजज्यूको संयोजकत्व तथा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काज्यू, कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईज्यू, उपाध्यक्ष प्रमिला न्यौपानेज्यू, शिक्षा विकास तथा समन्वय ईकाइ झापाका प्रमुख राजकुमार वि.क.ज्यू, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यज्यू, प्रशासन कार्यालयबाट अधिकृत प्रतिनिधि महेशराज तिम्सिनाज्यू, प्