सूचना तथा समाचार
कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री प्रमिला न्यौपाने ज्यूको संयोजकत्वमा कमल-६ स्थित डि.एम. फुड्स एण्ड स्पाइस प्रोडक्टमा आकस्मिक छड्के अनुगमन
आज मिति २०८०/०३/०३ गते आइतबारका दिन कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक श्री प्रमिला न्यौपाने ज्यूको संयोजकत्वमा कमल-६ स्थित डि.एम. फुड्स एण्ड स्पाइस प्रोडक्टमा आकस्मिक छड्के अनुगमन गरिएको छ । मूल्यसूचि अनिवार्य राख्नुपर्ने , ३ दिनभित्र साइनबोर्ड राख्नुपर्ने , लेबलमा खुलाउनुपर्ने विवरण स्पष्ट देखिने र बुझिने गरि खुलाउनुपर्ने र उद्योगको ठेगाना स्पष्ट र सहि उल्लेख गर्नुपर्ने भनि खटिएको बजार अनुगमन टोलीबाट निर्देशन दिइएको छ । अनुगमनमा कमल गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन समिति संयोजक प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, ईलाका प्रशासन कार्यालयबाट सुरेन्द्र राज दाहाल, उद्योग वाणिज्य संघ कमलका अध्यक्ष विरेन्द्र अधिकारी, ६ नं. वडा अध्यक्ष नरेन्द्र भट्टराई , प्र.स.नि. डम्बर बहादुर गौतम लगायतको टोलिको उपस्थिति रहेको थियो ।