FAQs Complain Problems

सूचना तथा समाचार

कमल गाउँपालिका परिचय

नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६४.६ वर्ग कि.मी. र लखनपुर ३९.९९ वर्ग कि.मी. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल १०४.५९ वर्ग कि.मी. रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ५३,७१० रहेको छ, जसमध्ये पुरूष २५,७३९ र महिला २७,९७१ रहेका छन् ।  

बिभिन्न जनजातिहरुको बसोवास रहेको यस गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, लिम्वु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वाहुल्यता पाईन्छ ।