सूचना तथा समाचार
बालमैत्री कमल गाउँपालिका घोषणा समारोह २०८० सम्पन्न
आज मिति २०८० माघ २० गते शनिवारको दिन कमल गाउँपालिकाका अध्यक्ष श्री हुकुमसिंह राईज्यूको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीज्यूको प्रमुख आतिथ्यमा कमल-५ स्थित आदिवासी जनजाती रङ्गशालामा सम्पन्न भएको बालमैत्री कमल गाउँपालिका घोषणा समारोह २०८० सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्कीज्यूले कमल गाउँपालिकालाई कोशी प्रदेशको पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्नु भएको हो ।
"खुशी राखौं बालबालिकाको मुहार बालमैत्री कमल समृद्धिको आधार" भन्ने नाराका साथ कमल गाउँपालिकालाइ बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणालाई भव्य तथा सब्य रुपले सफल गर्न सहयोग गर्नुहुने जनप्रतिनिधि, राजनैतिक दल,बालक्लव तथा बालसञ्जाल, बालमैत्री स्थानीय शासन समिति, संघसस्था , कर्मचारी , शिक्षक तथा विद्यार्थी, सम्पुर्ण कमलबासी, बालमैत्री अभियान्ता, सुरक्षाकर्मी, पत्रकार लगायत उपस्थित सम्पूर्णलाइ हार्दिक धन्यवाद प्रकट गर्दछौं ।