सूचना तथा समाचार
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम प्रकाशन गर्नु पर्ने विवरण
मितिः२०८०/१०/०६
कमल गाउँपालिका परिचय:
नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। यस कमल गाउँपालिका साविकका दुई गा.वि.स.हरु तोपगाछी ६४.६ वर्ग कि.मी. र लखनपुर ३९.९९ वर्ग कि.मी. जोडेर बनेको हुनाले यहाँको कुल क्षेत्रफल १०४.५९ वर्ग कि.मी. रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ५३,७१० रहेको छ, जसमध्ये पुरूष २५,७३९ र महिला २७,९७१ रहेका छन् ।
बिभिन्न जनजातिहरुको बसोवास रहेको यस गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, लिम्वु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वाहुल्यता पाईन्छ ।
सम्पर्क विवरण:
फोन: ०२३४७५०८१
इमेल: info@kamalmun.gov.np
अध्यक्ष (हुकुम सिंह राइ) 9816065666
उपाध्यक्ष (प्रमिला न्यौपाने) 9842650724
प्रमुख प्रशासकिय अधिकृत (राज कुमार शाक्य) 9852683720
सूचना अधिकारी / गुनासो सुन्ने अधिकारी (तुलसी ओझा) ९८४२६२१५०९